बाङ्ला विकिसम्मेलन २०२६/छात्रवृत्ति
◀ মুক্ত জ্ঞান, সম্মিলিত প্রচেষ্টা, টেকসই আগামী ▶
बाङ्ला विकिसम्मेलना २०२६ - छात्रवृत्ति
নির্বাচিত আবেদনকারীদের ইমেইল করা হয়েছে, অনুগ্রহ করে আপনার ই-মেইল পরীক্ষা করুন।
बाङ्ला विकिसम्मेलन २०२६ को आयोजनमा बङ्गलादेश, भारत र नेपालमा रहेका इच्छुक सहभागीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ। यस छात्रवृत्ति अन्तर्गत यात्रा भरण र सम्मेलनमा खाने बस्ने व्यवस्था गरिनेछ। सम्मेलनमा सहभागी हुन इच्छुक प्रत्येकले छात्रवृत्तिको लागि आवेदन गर्नुपर्नेछ। आवेदन सफल भएका सहभागीहरूले मात्र सम्मेलनमा भाग लिन सक्नेछन्। बङ्गलादेश र भारतका विकिमिडियनहरूले निर्धारित समयसीमा भित्र छात्रवृत्तिको लागि आवेदन गर्न सक्नेछन्। यस सम्मेलनमा प्रारम्भिक रूपमा बङ्गलादेशका ४० जना र १५ जना अन्तर्राष्ट्रिय सहभागीहरूलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको छ। तथापि, यो सङ्ख्या अन्तिम होइन; बजेट र समग्र परिस्थितिलाई ध्यानमा राखी मूल आयोजक टोलीको निर्णय अनुसार छात्रवृत्तिको यो सङ्ख्या परिवर्तन हुन सक्छ।
छात्रवृत्तिको आवेदनका लागि प्राथमिक योग्यता
निम्नलिखित सर्तहरू पूरा नगरेमा आवेदन सिधै अयोग्य मानिनेछ:
- विकिमिडिया खाता कम्तीमा ६ महिना पुरानो अर्थात् १९ डिसेम्बर २०२५ वा सोभन्दा अघि सिर्जना गरिएको हुनुपर्नेछ।
- आवेदकको कुल विश्वव्यापी सम्पादन कम्तिमा २५० हुनुपर्नेछ।
- आवेदनको समयमा आवेदकको खाता कुनै पनि बङ्गाली परियोजनामा प्रतिबन्धित भएको हुनुहुँदैन।
छात्रवृत्तिका लागि कसरी आवेदन दिने
छात्रवृत्तिका लागि आवेदन गर्न तपाईले निर्दिष्ट फारम भर्नुपर्नेछ। फारम भर्न ३० देखि ४० मिनेट समय लाग्न सक्छ। तपाईले प्रदान गर्नुभएको जानकारीको आधारमा छात्रवृत्ति निर्धारण उपसमूहले तपाई छात्रवृत्तिको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर निर्धारण गर्नेछ।
आवेदन प्रक्रिया पूरा गर्न तपाईंले आफ्नो व्यक्तिगत जानकारीका साथै चार वर्णनात्मक प्रश्नहरूको उत्तर प्रदान गर्नुपर्नेछ, जसको आधारमा नै मुख्यतया तपाईंको यात्रा छात्रवृत्तिको योग्यता निर्धारण गरिनेछ। यी उत्तरहरू विस्तृत रूपमा लेख्न केही समय लाग्न सक्ने हुनाले, आवेदन फारम भर्न सुरु गर्नुभन्दा पहिले नै उत्तरहरू छुट्टै तयार गरेर राख्न सिफारिस गरिन्छ। तपाईंको उत्तरहरूलाई अझ बलियो र सूचनासम्पन्न बनाउन कथनको समर्थनमा सान्दर्भिक कडीहरू पनि समावेश गर्न सक्नुहुन्छ; जस्तै— एक्सटुल्स, विकिमिडिया आउटरिच ड्यासबोर्ड, विकिमिडिया डिफ ब्लग, सम्बन्धित परियोजनाको पृष्ठ, फाउन्टेनमा सम्बन्धित सम्पादन मेला(एडिटाथन) को कडी।
- प्रश्नहरू
- पछिल्लो २४ महिनामा विकिमिडिया आन्दोलनमा तपाईंको संलग्नताको बारेमा विस्तृत रूपमा लेख्नुहोस्। तपाईंको सम्पादनको परिमाण, विभिन्न परियोजनामा योगदान, उल्लेखनीय कार्य, गुणस्तरीय लेख, तस्वीर, सन्दर्भ स्रोत, प्राविधिक योगदान वा अन्य योगदानहरू उल्लेख गर्नुहोस्।
- विकिमिडिया समुदाय, विकि क्लब, प्रयोगकर्ता समूह, प्रचारप्रसार गतिविधि, प्रतियोगिता, कार्यशाला, ग्ल्याम वा अन्य गतिविधिहरूमा तपाईंको विकी बाहिरको योगदान र त्यसको प्रभाव व्याख्या गर्नुहोस्।
- तपाईं बाङ्ला विकिसम्मेलनमा किन सहभागी हुन चाहनुहुन्छ? तपाईंको सहभागिताले विकिमिडिया आन्दोलनमा तपाईंको योगदानलाई कसरी प्रभावित पार्नेछ, तपाईं सम्मेलनबाट के सिक्न चाहनुहुन्छ? (कृपया उत्तर ५-६ वाक्यमा सीमित राख्नुहोस्)
- सम्मेलनपछि तपाईंले प्राप्त गर्नुभएको अनुभवलाई कसरी उपयोग गर्नुहुनेछ? यससम्बन्धी ३–४ वटा कार्ययोजना लेख्नुहोस्।
याद राख्नुहोस्, तपाई चाहनुहुन्छ भने आफ्नो अपूरो आवेदन सुरक्षित गरेर राख्न सक्नुहुन्छ र अन्तिम रूपमा पेश गर्नु अघि पृष्ठको तलको अघिल्लो बटनमा क्लिक गरेर पहिलेका उत्तरहरू परिवर्तन गर्न सक्नुहुन्छ।
- आवेदन सुरक्षित गर्ने नियम
- पृष्ठको माथि रहेको मिटबल मेनु (
) मा क्लिक गर्नुहोस् र सुचारू गर्नुहोस् विकल्प चयन गर्नुहोस्। (यसका लागि तपाईको नाम, इमेल ठेगाना र पासवर्ड आवश्यक पर्नेछ)। - पछि यो अपूर्ण आवेदनलाई पुन: जारी राख्न चाहनुहुन्छ भने, आवेदनको पहिलो पृष्ठको मिटबल मेनुबाट अपूर्ण सर्वेक्षण लोड गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
मूल्याङ्कन विधि
योग्य आवेदनहरूको मूल्याङ्कन छात्रवृत्ति समीक्षा टोलीका सदस्यहरूले तोकिएको अङ्क संरचना अनुसार व्यक्तिगत रूपमा गर्नेछन्। मूल्याङ्कन गर्दा निम्न विषयहरूलाई विचार गरिनेछ:
- विकिमिडिया परियोजनामा योगदान
- समुदाय तथा विकी बाहिरका गतिविधिहरू
- सम्मेलनमा सहभागिताको उद्देश्य
- भविष्यको योजना
स्वार्थको द्वन्द्वबाट बच्न छात्रवृत्ति समीक्षक टोलीका सदस्यहरूको आवेदन मूल आयोजक टोलीद्वारा समीक्षा गरिनेछ। दुई वा सोभन्दा बढी आवेदकको प्राप्त अङ्क बराबर भएमा क्रमशः अन-विकि योगदान, अफ-विकि गतिविधिहरू र भविष्यको योजनाको अङ्कको क्रम अनुसार विचार गरिनेछ। छात्रवृत्ति समीक्षा टोलीको समीक्षा सकिएपछि लागू हुने अवस्थामा सम्मेलनको मूल आयोजक टोलीले विविधता र समावेशी सहभागिताको हितमा विशेष विचार गर्न सक्छ।
छात्रवृत्ति प्राप्तकर्ताहरूको संलग्नता
छात्रवृत्ति प्राप्तकर्ताहरूलाई बाङ्ला विकिसम्मेलनको अवधिमा स्वयंसेवकको रूपमा संलग्न हुन प्रोत्साहित गरिनेछ। सम्मेलनका विभिन्न कार्यक्रमहरूमा सहायता गर्न इच्छुक छात्रवृत्ति प्राप्तकर्ताहरूमध्ये आवश्यकता र क्षमताको आधारमा स्वयंसेवक चयन गरिन सक्छ। चयन गरिएका स्वयंसेवकहरूले उनीहरूलाई सुम्पिएको जिम्मेवारी उचित रूपमा निर्वाह गर्ने अपेक्षा गरिनेछ। स्वयंसेवीको रूपमा इच्छा प्रकट गर्नु र जिम्मेवारी निर्वाह गरेको अनुभवले भविष्यमा छात्रवृत्ति वा अन्य अवसरहरूको आवेदन मूल्याङ्कन गर्दा विचारणीय हुन सक्छ।
यसका साथै, छात्रवृत्ति प्राप्तकर्ताहरूले सम्मेलनबाट प्राप्त अनुभवहरू समुदायसँग साझा गरेमा त्यसलाई प्रशंसाका साथ विचार गरिनेछ। यस उद्देश्यका लागि संक्षिप्त प्रतिवेदन, ब्लग, सामाजिक सञ्जाल पोस्ट, प्रस्तुतीकरण वा समुदायआधारित गफगाफ केन्द्र वा चौतारी प्रयोग गर्न सकिन्छ।
प्रतीक्षा सूची: छानिएका कुनै आवेदकले छात्रवृत्ति लिन असमर्थ भएमा वा दर्ता पूरा नगरेमा प्रतीक्षा सूचीबाट पछिल्लो उच्चतम अङ्क प्राप्त गर्ने आवेदकलाई अवसर दिइनेछ।
प्राय सोधिने प्रश्नहरू
कसले आवेदन दिन सक्छन्?
प्रारम्भिक योग्यता पूरा गर्ने कुनै पनि विकिमिडियनले छात्रवृत्तिको लागि आवेदन गर्न सक्नेछन्।
छात्रवृत्तिको आवेदन कहिले सुरु भएर कहिले सकिन्छ?
बङ्गलादेशी समय अनुसार १९ जुन २०२६ देखि सुरु भई १९ जुलाई २०२६ सम्म आवेदन ग्रहण गरिनेछ।
के म समयसीमा पछि छात्रवृत्तिको आवेदन बुझाउन सक्छु?
सक्नुहुन्न। अन्तिम निर्णयको नतिजा समयमै र सबै आवेदकहरूका लागि निष्पक्ष रूपमा प्रकाशित गर्ने सुनिश्चित गर्ने उद्देश्यले हामी समयसीमाको कम्तीमा केही दिन अघि नै आवेदन बुझाउन सिफारिस गर्दछौँ।
छात्रवृत्ति आवेदन प्रक्रियाको कार्ययोजना के हो?
सामान्यतया, हामी छात्रवृत्ति आवेदन प्रक्रियाले निम्न चरणहरू पालना गर्ने आशा गर्दछौँ:
- इच्छुक व्यक्तिहरूले निर्धारित फारम मार्फत आवेदनपत्र बुझाउनेछन्।
- छात्रवृत्ति निर्धारण उपसमूहले प्रारम्भिक योग्यता जाँच गरी आवेदनहरूको मूल्याङ्कन गर्नेछन्।
- प्राप्त औसत अङ्कको आधारमा आवेदकहरूको सूची तयार गरी टोली अन्तिम निर्णयमा पुग्नेछ।
- गरिएको निर्णयबारे आवेदकहरूलाई जानकारी गराइनेछ र यातायात तथा आवास व्यवस्थाका लागि आवश्यक जानकारी माग गरिनेछ।
- आयोजकहरूको तर्फबाट यातायात खर्च र आवास सुनिश्चित गरिनेछ।
छात्रवृत्ति आवेदन समीक्षा प्रक्रियाको समयरेखा
- ২০ জুলাই - ৩১ জুলাই: আবেদন পর্যালোচনা
- ১৭ আগস্ট: প্রথম ধাপে বৃত্তির জন্য নির্বাচিতদের অবহিত করা হয়েছে
- ২১ আগস্ট: ১৭ আগস্ট অবহিত করা ব্যক্তিদের জন্য বৃত্তি গ্রহণের শেষ তারিখ